
बन्चरोले हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ
चौतारा – सिन्धुपाल्चोकमा बञ्चरोले हानेर एक महीलाको हत्या भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ ठाटिकुना बनकालीमा आफ्नै श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको हो ।
बञ्चरो प्रहार गरी २८ वर्षीया श्रीमती लक्ष्मी बस्नेत तामाङको हत्या गरेको आरोपमा बलेफी गाउँपालिका–१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई प्रहरीले हिजो (मंगलबार) दिउँसो पक्राउ गरेको छ ।
दाउरा चिर्ने विषयमा विवाद हुँदा जिवनले श्रीमतीलाई बन्चरो प्रहार गरेका थिए । गम्भीर घाइते भएकी लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले मृतकका श्रीमान् जिवनलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।



कागजपत्र |
