अनलाइन जुवा खेलाएको कसुरमा एक चिनियाँसहित ३७ जना पक्राउ


काठमाडौं – गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको कसुरमा एक चिनियाँसहित ३६ जना नेपाली नागरीक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले गएराति नयाँ बानेश्वरको एक घरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्ने चिनियाँ नागरिक अनलाइन जुवा खेलाउने र धम्क्याउने गिरोहका मुख्य नाइके हुन् । अन्य ३६ जना नेपालीहरू भने तिनै चिनियाँको निर्देशनमा काम गर्ने गरेको पाइएको छ ।

महानगरीय प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) हरी बहादुर पालका अनुसार प्रहरीले उनीहरूमाथि अहिले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने र त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको पाइएको छ । साथै अन्य गैरकानुनी काम गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको एआईजी पालले बताए ।

प्रतिक्रिया