एमसीसी संसदमा पेस हुनु सकारात्मक : बाबुराम भट्टराई


काठमाडाैँ – सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता सम्झौता एमसीसी संसदमा प्रस्तुत हुनु सकारात्मक भएको बताएका छन्।

सत्तारुढ दलबीचको सहमतिअनुसार आइतबार प्रतिनिधि सभाको बैठक एमसीसी सम्झौता टेबल गरिएको हो। याे कदमले लाेकतन्त्र र राष्ट्रिय हितमा लाभ पुर्याउने भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले खुसी व्यक्त गरेका हुन्।

‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ’, उनले भनेका छन्, ‘संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं। दलीयरगुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन, सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं।’

प्रतिक्रिया