एमसीसी टेबल गर्ने निर्णयप्रति झलनाथ खनालको आपत्ति


काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति आपति जनाएका छन् । सत्ता गठबन्धनको आज (आइतबार) बसेको बैठकमा अमेरिकी सहयोग एमसीसी संसद्‌मा टेबल गर्ने सहमती भएको हो ।

उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए ।

उनले भने, ‘यो विदेशी शक्तिको सामू झुकेर गरिएको बचकना निर्णय हो,’ यो संसद्‌मा कसरी टेबल हुन्छ ?’

प्रतिक्रिया