संसद भवन अगाडिको सडक निषेधित क्षेत्र घोषणा, सुरक्षाकर्मीको तैनाथी बढाइयो


काठमाडौं – एमसीसीविरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षाकर्मीहरु बढाइएको छ ।

संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाउनुका साथै बाक्लो रुपमा सुरक्षाकर्मीको तैनाथी बढाएको हो । आज ६ पार्टी र २ मोर्चाले एमसीसीका विरुद्ध प्रदर्शन गर्नुका साथै संसद भवन घेराउ गर्दैछन् ।

आज एमसीसी विरुद्ध ६ पार्टी र २ मोर्चाले प्रदर्शन गर्ने

एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले दिनहुँजसो प्रदर्शन गर्दै आएका छन् । माओवादी र समाजवादीका कार्यकर्ताहरुले आज पनि प्रदर्शन गर्ने जनाएका छन् ।

सत्ता गठबन्धनको आज प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा एमसीसी संसद पेस गर्ने सहमती भए सँगै एमसीसी आजै संसदमा टेबल गर्ने भएको छ ।

प्रतिक्रिया