

कांग्रेस उपसभापति गुरूङकाे प्रश्न : एमसीसी लागू भएका कुन देशमा अमेरिकी सेना भित्रिएको छ?

काठमाडाैँ – सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी लागू भएका विश्वका कुनै पनि देशमा अमेरिकी सेना प्रवेश नगरेको बताएका छन्।
नेपालमा एमसीसी स्वीकार गर्दा अमेरिकी सेना भित्रिएर राष्ट्रिय स्वाधिनतामा असर पर्ने दाबी गर्दै आन्दोलन भइरहेका बेला कांग्रेस उपसभापति गुरुङले एमसीसी लागू भएका संसारका कुन देशमा अमेरिकी सेना पसेको छ भनेर प्रश्न गरेका हुन्।

