संसद् बैठक बस्दै, एमसीसी पेस हाेला ?


काठमाडौँ – आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । नयाँ बारेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पेस नहुने भएको छ । संसद् सचिवालयले शनिबार सार्वजनिक गरेको संभावित कार्यसूचीमा एमसीसी समावेश छैन ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेस गर्ने मात्रै कार्यसूची छ ।

तर, सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ः३० बजेको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् । उक्त बैठकले संसद् बैठकका कार्यसूचीहरू हेरफेर गर्न सक्नेछ ।

 

प्रतिक्रिया