रुपन्देहीबाट अपहरणमा परेका दुई बालबालिकाको झापाबाट उद्दार


बुटवल – रूपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई बालबालिकाको झापाबाट उद्दार गरिएको छ। सैनामैना नगरपालिका ६ स्थित पुष्पा दाहालका छोराछोरीलाई शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट प्रहरीले उद्दार गरेको हो।

बिहीबार बिहान सैनामैनास्थित प्रभात बोर्डिङ स्कूल हिडेका १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीया प्रशन्न दाहाललाई अपहरण गरी झापा पु¥याइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख मनोज केसीले बताए।

बिहीबार साँझ छोराछोरी घरमा नआएपछि परिवारले विद्यालयमा फोन गरेका थिए। विद्यालयले विद्यार्थी स्कुल नआएको बताएपछि अपहरणमा परेको पुष्टि भएको थियो। उनीहरु विद्यालयको बसमा चढेर गएका थिए। तर, बीच बाटो मुर्गियामा एक व्यक्तिले गाडी रोकेर फोटो खिच्न भनी बालबालिकालाई गाडीबाट झारेर अपहरणको शैलीमा लगेका थिए।

रूपन्देही प्रहरीले बालबालिका अपहरणमा परेको सूचना पाउने बित्तिकै देशभर विशेष अनुसन्धान टोली परिचालन गरेको थियो। ‘आफूलाई नजिकको आफन्त बताउँदै विद्यालयको बसलाई मुर्गियामा रोकेर फोटो खिच्न छ भनी बालबालिकालाई झारेर अपहरण गरी लगेको देखियो’ केसीले भने।

प्रतिक्रिया