सत्ता गठबन्धन बैठकलगत्तै ओली भेट्न बालकाेटमा देउवा


काडमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बैठकमा सहमति नजुटेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

सत्ता गठबन्धनले निष्कर्ष निकाल्न नसकेपछि देउवा ओलीलाई भेट्न पुगेका हुन् । बिहीबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनका चार दलको बैठक सहमतिबिना नै टुङ्गिएको छ ।

बैठक भोलि बिहान १० बजे पुनः बस्ने सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । प्रधानमन्त्री देउवा एमसिसी पास गर्ने अडानमा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा एमसिसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा छन् ।

प्रतिक्रिया