त्रियुगाकाे मेयरमा कांग्रेस, उमपेयरमा एमाले विजयी


उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका मेयरमा नेपाली कांग्रेसका वसन्तकुमार बस्नेत निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भागवत राउतलाई दुई हजार ८३ मतान्तरले पराजित गरी विजयी भएका हुन् ।

नवनिर्वाचित मेयर बस्नेत २०७४ सालको पालिका चुनावमा निवर्तमान मेयर बलदेव चौधरीसँग ७३ मतले पराजित भएका थिए ।

निर्वाचित बस्नेतले १३ हजार नाै सय ५९ मत प्राप्त गर्दा एमालेका राउतले ११ हजार आठ सय ७३ मत प्राप्त गरे। निवर्तमान मेयर नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले नाै हजार एक सय ४७ मत ल्याए ।

उपमेयरमा नेकपा एमालेकी महेश्वरी राई निर्वाचित भएकी छिन् । उनले नेपाली कांग्रेसकी सरिता राईलाई एक हजार सात सय २२ मतान्तरले पराजित गरिन्। महेश्वरीले १३ हजार सात सय तीन मत प्राप्त गरिन् भने सरिताले ११ हजार नाै सय ८१ मत प्राप्त गरिन् ।

नेकपा माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार गीता खड्का कार्कीले ६ हजार पाँच सय ६८ मत प्राप्त गरिन् । त्रियुगा नगरपालिकामा ४० हजार एक सय ३७ मत मत खसेको थियो ।

प्रतिक्रिया