बालुवाटारमा गठबन्धनको बैठक जारी
३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तहबाहेकका आइसकेपछि गठबन्धनको बैठक बसेको हो । गठबन्धन दलहरूबीच निर्वाचनमा भएको तालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन् । जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र जनमोर्चा असन्तुष्ट रहेका हुन् ।
जारी बैठकमा सम्पन्न निर्वाचनमा एकअर्कालाई सहयोग/असहयोग गरेको विषयमा पनि समीक्षा हुनेछ ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुको उपस्थिति छ ।