च्याम्पियन्स लिगः एम्बाप्पेको गोलसँगै पीएसजीद्वारा रियल मड्रिड पराजित


फ्रान्स – इन्जुरी समयको अन्तिम मिनेटमा  केलीयन एम्बाप्पेले गरेको गोलसँगै पेरिस सेन्ड जर्मेन (पीएसजी) ले  यूईएफए च्याम्पियन्स लिगको  पहिलो लेगमा रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसको जितसँगै फ्रेन्च क्लब पीएसजीले भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलविरूद्ध महत्त्वपूर्ण तीन अंक पायो । जितसंगै पीएसजी क्वाटर फाइनल नजिक रह्यो । दोस्रो लेग रियलको घरेलु मैदानमा २२ फेब्रुअरीमा हुनेछ   ।

फ्रेन्छ फरवार्ड एम्बाप्पेले ४ मिनेटको इन्जुरी समयमा बैकल्पिक खेलाडी नेयमारको पास सदुपयोग गर्दै गोल गरे । नेयमार गत नोभेम्बर पछि मैदान फर्किएका हुन् ।

खेलको ६२औं मिनेटमा पीएसजीले पेनाल्टी गोलबाट अग्रता लिने अवसर गुमायो । अर्जेन्टिनी स्टार लिओनल मेस्सीको प्रहार रियल गोलरक्षकले रोके ।

यस अघि खेलमा पीएसजीले पोसेसनमा आफ्नो दबदबा कायम राखे पनि फिनिसिङमा चुक्न पुगेको थियो । रियल भने पूरा समय डिफेन्समा ब्यस्त रह्यो ।

 

प्रतिक्रिया