संसदको कार्यसूचीमा परेन एमसीसी प्रस्ताव
काठमाडौं – भोलि (बुधबार) बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समावेश गरिएको छैन । बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक तय भएको छ ।
आज मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी अनुमोदन गर्नेबारे छलफल गरेको थियो । यसैबीच, बुधबार साँढे ११ बजेका लागि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।
‘फागुन ४ गते ११ः३० बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान भएको छ’, सभामुखको निजी सचिवालयले भनेको छ, ‘बैठक नयाँ बानेश्वरस्थित संसद शंकर हल, संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ ।’