महाअभियोग गलत छ, गठबन्धन विरुद्ध एमाले एक हुन्छौं : ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको बताएका छन् ।

नयाँ बानेश्वरमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘यो सबै (महाअभियोग) गलत छ । सत्तापक्ष र प्रतिपक्षी दलबीच औपचारिक बैठक बसेर एक प्रकारको निर्णय गरेको थियो तर त्यसको एक सातापछि यस्तो काम (महाअभियो) गर्‍यो’ ।

यस्तै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन ५ दलविरुद्ध एमाले एक हुने पनि बताएका थिए । ‘यो सबै गतिविधि स्थानीय निर्वाचन समयमा गराउने षड्यन्त्र पनि हो,’ उनले भनेका थिए ।

यस्तै एमसीसीसहितको विषयमा एमालेलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गर्न गठबन्धनले काम गरिहेको पनि अध्यक्ष ओलीको आरोप छ । साथै सरकारको गतिविधि विरुद्ध एमालेले जन संघर्ष गर्ने बताइएको छ ।

प्रतिक्रिया