

थाइल्याण्डका राजाकी प्रेमिकाको नग्न तस्बिर सार्वजनिक

बैंकक(एजेन्सी)– थाइल्याण्डका राजाकी पत्नी र उनको प्रेमिकाबीच चलिरहेको विवाद नयाँ चरणमा प्रवेश गरेको छ । यहाँका राजा महा वजिरालोंगकोर्नको प्रेमिकाको १४ सय बढी फोटो लिक भएको छ । यसमा अधिकांश तस्बिर नग्न छन् । केही व्यक्तिले यी तस्बिरहरु योजनाबद्ध रुपले सार्वजनिक गरिएको दाबी गरेका छन् ।
यो तस्बिर सार्वजनिक हुनुको पछाडि राजाकी पत्नी र उनको प्रेमिकाबिचको विवादलाई प्रमुख कारण मानिएको छ । यी फोटोहरु सार्वजनिक भएपछि किसिम किसिमका कुराहरु बाहिर आएका छन् । यद्यपि यो विषयमा हालसम्म राजाले कुनै प्रतिक्रिया दिएका छैनन् ।
राजाकी प्रेमिका सीनित हालैमात्र जेलबाट बाहिर आएकी थिइन् । उनलाई गत वर्ष थाइल्याण्डको एक जेलमा राखिएको थियो । सीनित जेलबाट बाहिर निस्किएपछि राजा र उनमा निकटता बढेको थियो । जसकारण राजाकी पत्नी निरास थिइन् । राजा र उनकी प्रेमिकाका नजिकपन बढेपछि यो कुरा रानीलाई मनपरेको थिएन । त्यहीकारण राजा र रानीबीच लामो समयदेखि यही विषयमा विवाह चलिरहेको थियो ।

