ओली–बादल भेटमा यस्तो भयो गुह्य सहमति, प्रचण्डलाई साधारण सदस्य!


काठमाडौं– देशव्यापी रुपमा प्रशिक्षणका कार्यक्रम राखेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग तटस्थ रहेका गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले बुधबार बालुवाटारमा भेट गरेका छन्।

नेकपा विवादमा तटस्थ रहेका र कुनै पनि समूहमा नगएका उनलाई ओलीले नेकपाको सह–अध्यक्ष बनाउने प्रस्ताव गरेको विवरणमा आएका छन्। यो विवाद चर्किँदै जाने र आधिकारीक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफूसँग रहने भन्दै ओलीले बादललाई सहअध्यक्षका लागि प्रस्ताव गरेको बताइन्छ।

‘अब त फुट्यो। चुनाव पनि हुन्छ। चुनावी गृहमन्त्री तपाईँ हो। पार्टीमा पनि सह अध्यक्षको हैसियतमा रहनुस्। आउने बर्ष हुने महाधिवेशनमा नेकपाको हाईकमान्ड लिडर पनि हो, तपाई’, ओलीले प्रस्ताव राखेको उच्च स्रोतको दाबी छ।

त्यसो त तत्कालिन माओवादीको सानो खेमा ओलीसँग जोडिइसकेको छ। सबैलाई राजनीति अवसर हुने र नयाँ पुस्ताको राजनीतिलाई आफूले बढाउने प्रधानमन्त्रीले बादलसँग सहमति गरेको बताइन्छ।

‘हामीलाई काम गर्न नदिने, तपाईको राजीनामा माग्ने उनै हुन्। उनीसँग जोडिनु भयो भने तपाईलाई जहिल्यै पेल्छन्, अप्ठ्यारोमा मात्र गुहार्ने प्रवित्ति छ, उपयोगवादी निक्कै अवसरवादी रहेछन् प्रचण्ड’, ओलीले भनेको उदृत गर्दै स्रोतले भन्यो,‘हामी एउटा बलियो पार्टी बनाएर जाऔं।’

ओलीले मंगलबारको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा कसैलाई कारबाही गर्ने, निकाल्ने पक्षमा नरहेको बताएका थिए। बादलसँग सहमति भएको खण्डमा पुष्पकमल दाहाल प्रचण्डलाई भने साधारण सदस्य मात्र दिने ओलीको योजना रहेको छ। 

प्रतिक्रिया