प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोगमा, ओलीलाई कारबाही, सूर्य चिन्हमा दाबी


काठमाडौं – विवादित नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको पत्र लिएर निर्वाचन आयोग पुगेको छ।

उक्त समूहले आफूहरू नै आधिकारिक नेकपा भएको र प्रधानमन्त्री ओलीलाई कारबाही गरेको व्यहोराको पत्र बोकेर नेकपा नेता लीलामणि पोखरेल, सुरेन्द्र पाण्डे, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेको जनाइएको छ । उनीहरू दिउँसो साढे २ बजे निर्वाचन आयोग पुगेका हुन्।

उनीहरुले नेकपाको आधिकारिक समूह आफूहरु भएको दाबी गर्दै निर्वाचनका लागि सूर्य चिन्ह पनि दाबी गरेको जनाइएको छ ।

यसअघि नै ओली समूहले पार्टी केन्द्रीय समिति बिस्तारसम्बन्धी पत्र निर्वाचन आयोगमा दर्ता गराइसकेको जनाइएको छ ।

प्रतिक्रिया