लम्बियो कांग्रेस कार्यसम्पादन समिति बैठक, अब मंगलबार बस्ने


काठमाडाैं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार फेरि बस्ने भएको छ ।

ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठक मंगलबार फेरि बस्ने गरी सकिएको हो । अर्को बैठक मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार र सदस्यहरु विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी र एन.पी साउँदले धारणा राखेका थिए ।

प्रतिक्रिया