धनुषाबाट सात महिने बच्चा चोरेर भाग्दै गरेका २ जना महिला पक्राउ


जनकपुरधाम – अर्काको बच्चा चोरेर भाग्दै गरेका दुई महिला धनुषाबाट पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।

पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया