२५ लाख दिन्छु भनेर होटलमा बोलाई एमाले सांसदले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी


काठमाडाैँ – पूर्वमन्त्री तथा नेकपा एमालेको संघीय सांसद मोहन बानियाँविरुद्ध प्रहरीमा जबर्जसती करणीको उजुरी परेको हो। मुगुका समानुपातिक सांसद बानियाँविरुद्ध जुम्लाकी ४० वर्षीया महिलाले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी हुन्।

यही माघ १७ गते सोमबार आफूलाई बाँकेको होटल अप्सरामा बोलाएर सांसद बानियाँले जबरजस्ती करणी गरेको भन्दै ती महिलाले उजुरी दिएकी हुन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसूधन न्यौपानेका अनुसार पीडित भनिएकी महिला र पूर्वमन्त्रीसमेत रहेका बानियाँबीच लेनदेनको विवाद देखिन्छ।

‘२५ लाख रुपैयाँ दिन्छु भनेर १७ गते होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर आफूलाई सांसद बानियाँले मंगलबार (माघ १८ गते) बिहानी पख जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ,’ प्रवक्ता न्यौपानेले भने। बाँनियाँले भने ती महिलाले आफ्नो बद्नाम गर्ने उद्देश्यले यस्तो आरोप लगाएका बताएका छन्। प्रहरीले घटना अनुसन्धानको अनुसन्धान सुरु गरिएको जनाएको छ।

पीडित भनिएकी महिलाले चार दिनअघि नै जाहेरी दिए पनि प्रहरीले मुद्दा दर्ता गरेको छैन। आरोपी बानियाँ केपी ओली दोश्रोपटक प्रधानमन्त्री हुँदा मन्त्रीसमेत बनेका थिए।

प्रतिक्रिया