युवकको हत्या गरी ओढारमा शव लुकाएको आरोपमा पक्राउ परेका दुई जना कारागार चलान


धनगढी – बैतडीमा युवकको हत्या गरेर शव ओढारमा लुकाएको आरोपमा पक्राउ परेका मध्ये दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अन्य दुई जना भने जनही ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थीको हत्या गरेर शव ओढारमा लुकाएको आरोपमा सोही ठाउँका नवराज अवस्थी, हरिश अवस्थी, रमाकान्त अवस्थी र गोपाल अवस्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।

मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि नवराज र हरिश पुर्पक्षका लागि कारागार चलान भएका हुन् । रमाकान्त र गोपाल भने जनही ५० हजार रुपैयाँ धरौटीमा छुुटेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले जानकारी दिए ।

गत मंसिर १४ गतेदेखि बेपत्ता डम्बर अवस्थीको हत्या गरेर शव ओढारमा गाडेको अवस्थामा प्रहरीले २८ पुसमा फेला पारेको थियो ।

प्रतिक्रिया