एक साताका लागि सर्‍यो प्रतिनिधिसभा बैठक


काठमाडाैं – बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक एक साताका लागि सरेको छ। विगतमा कोरोनालाई कारण बनाएर बैठक सारिएकोमा यसपटक सरकारको आग्रहमा सारिएको हो ।

कानूनमन्त्री दिलेन्द्र प्रसाद बडुले सभामुख अग्नि सापकोटालाई मंगलबार साँझ फोन गरेर बैठक एक साता पर सार्न आग्रह गरेका थिए । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सरेकोबारे औपचारिक जानकारी दिइसकेको छ ।

सचिवालयका अनुसार अब बैठक फागुन २ गते दिउँसो १ बजे बस्नेछ। एमसीसीमा दलहरुबीच सहमतिको प्रयास भइरहेको भन्दै मन्त्री बडूले बैठक स्थगित गर्न आग्रह गरेको बताइएको छ ।

यसअघि गत माघ १६ गतेका लागि तय भएको बैठक सरकारसँग परामर्श नगरी सभामुखले एकतर्फी स्थगित गरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको थियो ।

प्रतिक्रिया