वरिष्ठ पत्रकार युगनाथ शर्मालाई मातृशोक


पर्वत – वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेललाई मातृशोक परेको छ ।

तत्कालिन समयमा प्रकाशित हुने कमान्डर पोष्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवम् हाल असन बजार पत्रिका डटकमका सम्पादक वरिष्ठ पत्रकार पौडेलकी आमा दिलकुमारी पौडेलको आज बिहान १०:४५ बजे पर्वतको कुश्मा नगरपालिका–९ स्थित निवासमा निधन भएको हो ।

८० वर्षीय दिलकुमारीको ब्रेन ह्यामरेजका कारण निधन भएको सम्पादक पौडेलले बताए । स्व. पौडेलका दुई छोरा, बुहारी र तीन नातिनातिना छन् । स्वर्गीय पौडेलको मंगलबारै अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया