जुन शक्ति कमजोर छ, त्यो मैदानमा एक्लै जान डराउँछ : महेश बस्नेत


काठमाडौं – नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै जाने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्‍दै नेता बस्नेतले स्तथानीय तहको चुनावी मैदानमा कसैसँग पनि गठबन्धन नगरी एमाले एक्लै जाने बताएका हुन् ।

उनले भने, ‘कुनै पनि खेलको मैदान होस या निर्वाचनको मैदानमा जाने कुरा होस, जुन शक्ति आफ्नो एजेण्डामा क्लियर र विश्वस्त छ, त्यो शक्ति ढुक्कसँग मैदानमा जान्छ । जुन शक्ति कमजोर छ, त्यो मैदानमा जान डराउँछ अनि जलझेल गर्छ। एमाले मात्रै विश्वस्तका साथ निर्वाचनमा एक्लै जान चाहन्छ ।’

यस्तै उनले एमालेको भविष्य अन्धकार देखेको कारण प्रचण्ड र माधव नेपालले स्थानीय तहको निर्वाचन टार्ने षड्यन्त्र गरेको पनि आरोप लगाए ।

उनले निर्वाचनमा मूलभूत रुपमा एमाले एक्लै गए पनि कतिपय ठाउँमा स्थानीय आवश्यकत्ताको आधारमा तालमेल हुन सक्नेसमेत बताए ।

प्रतिक्रिया