एमालेले संसद् बैठक अवरोध जारी राख्ने


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठक अवरोध जारी राख्ने भएको छ । भोलि माघ २६ गते बुधबार बोलाइएको संसद् बैठक पनि एमालेले अवरोध गर्ने भएको छ । सभामुखले निर्णय नसच्याएसम्म एमालेको अवरोध जारी रहने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

सभामुखले एमालेको सुचनालाई अगाडी नबढाएसम्म संसद् चल्ने बातावरण नहुने उनले बताए । एमालेले १४ जना सांसदलाई सभामुखले कारवाही नगरेको भन्दै गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको छ ।

प्रमुख सचेतक भट्टराईले माग पूरा नभएसम्म एमालेको निती परवर्तन नहुने बताए । ‘हामीले सुरुदेखी एउटै अडान राखेका छौं, हाम्रो सुचना अगाडी नबढेसम्म बैठक अवरोध जारी रहन्छ । सभामुख निर्णय सच्चाउन तयार नभएसम्म हामी अवरोध रोक्न तयार हुदैँनौं’, उनले भने ।

एमालेको दबाबको कारण सरकारले स्थानिय तहको निर्वाचनको मिती घोषणा गरेको उनले दावी गरे ।

प्रतिक्रिया