संसद विघटन विवादका राजनीतिक तरङ्गबीच चिनियाँ राजदूत यान्की शीतलनिवास पुगिन्


काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेकी छन्।

प्रतिनिधि सभा विघटनको राजनीतिक तरङ्ग सबैतिर रहेको र नेकपाको विवाद उत्कर्समा पुगेका बेला यान्कीले राष्ट्रपति भण्डारीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिनिधि सभा विघटन र नेकपाको आन्तरिक विवादमा विदेशी शक्तिको हात रहेको भनी टिप्पणी भइरहेका बेला यो भेट राजनीतिक संकटको समयको चर्चासँग जोडिएको छ।

यद्यपि कोरोना भाइरसको खोप चीनको सहयोगमा नेपाल ल्याउने विषयमा कुराकानी हुने कतिपयले आँकलन गरेका छन्।

प्रतिक्रिया