बेलायतबाट नेपाल आउन प्रतिबन्ध लाग्यो


काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ।

बेलायतमा कोरोना भाइरसको संक्रमण फेरि फैलिएपछि नेपाल आउने विभिन्न एयरलाइन्स कम्पनीलाई सिधा वा ट्रान्जिट भएर पनि बेलायतबाट नेपालका लागि यात्रु नल्याउन भनेको हो।

बेलायतमा कोरोना संक्रमण तिब्र हुन थालेपछि युरोपकै कतिपय मुलुकले पनि प्रतिबन्ध गरेका छन्। एसीयाका अन्य मुलुकले पनि प्रतिबन्ध लगाएका छन्।

प्रतिक्रिया