

अमेरिकाकाे राजदूतमा डा. खतिवडा नियुक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा डा युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम पूर्वअर्थमन्त्री डा खतिवडालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत मंगलबार जानकारी दिएका छन् ।
डा. खतिवडा यसअघि राष्ट्रिय सभाका सदस्यको रुपमा अर्थमन्त्री थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीबाट हटाए पछि सरकारको प्रमुख आर्थिक सल्लाहकारका रुपमा काम गर्दै आएका थिए । सोही अवस्थामा नै सरकारले उनलाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो ।

