महतलाई नेपाली कांग्रेस प्रवक्ताको जिम्मेवारी


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. प्रकाशशरण महतलाई प्रवक्ता मनोनित गरेका छन् । कांग्रेसको विधान त प्रवक्ता मनोनित गर्ने सभापतिको अधिकार हो ।

तर महाधिवेशनमा प्रतिनिधिहरुले महामन्त्रीमा अस्वीकृत गरेका व्यक्तिलाई पार्टीको प्रवक्ता बनाउनु महाधिवेशनको म्याण्डेटको अपमान भएको नेताहरु बताउँछन् ।

मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा महत देउवाको प्यानलबाट महामन्त्री लडेका थिए । तर पराजित भए । डा. शेखर कोइराला समूहका गगनकुमार थापा र प्रकाशमान सिंहको प्यानलका विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भए ।

महामन्त्रीमा पराजित महतलाई देउवाले सुरुमा केन्द्रीय सदस्य मनोनित गरेका थिए । सोमबार प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।त्यही कारण महतले आफूलाई प्रवक्ता बनाउन देउवामाथि चर्को दबाव दिएको देउवा निकटवर्तीहरु बताउँछन् ।

प्रतिक्रिया