
बुटवलमा अनेरास्ववियु र प्रहरीबीच झडप
काठमाडौं – बुटवलमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच झडप भएको छ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनको क्रममा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो।
अनेरास्ववियुका कार्यकर्ताहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयअगाडि गरेको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो।
उनीहरूले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए।



कागजपत्र |
