

ओली पक्षको निर्णय, नेकपा महाधिवेशन २०७८ मंसिर २–७ मा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनको मिति प्रस्तावित गरेका छन् ।
अध्यक्ष ओलीले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा आगामी २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने प्रस्ताव राखेका हुन् ।
बैठकले ओलीको प्रस्ताव अनुमोदन गरिसकेको जनाइएको छ । यसअघि ओलीले नेकपाको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेका थिए ।
आजकै बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ । यसअघि नेकपाको महाधिवेशन यही वर्षको चैतमा गर्ने निर्णय गरेको थियो ।

