
स्वास्थ्यका मापदण्ड पालना गर्दै ल्होसार मनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना दिएका छन्।
शुभकामना सन्देशमा देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधतायुक्त नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै यी पर्वले नेपाली समाजमा सद्भावना बढाउने विश्वास व्यक्त गरेका छन्।
कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै हर्षाेल्लासपूर्वक पर्व मनाउन देउवाले आग्रह गरेका छन्।



कागजपत्र |
