
आज सोनाम ल्होसार, देशैभरी सार्वजनिक बिदा
काठमाडाैँ – तामाङ समुदायले आज सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाउँदैछन्। माघशुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होसारको अवसरमा आज (बुधबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
ल्होसार पर्वका अवसरमा आज देशैभरी विविध कार्यक्रम हँदैछन्। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु भएको छ। आजदेखि गोरु वर्ष पूरा भई बाघ वर्ष सुरु भएको छ।



कागजपत्र |
