
नयाँ पार्टी खोल्ने चर्चा चलेपछि वामदेवविरुद्ध खगेन्द्र संग्रौलाको व्यंग्यवाण
काठमाडाैँ – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी खोल्ने चर्चा चलेपछि वरिष्ठ लेखक एवं नागरिक अगुवा खगेन्द्र संग्रौलाले टिप्पणी गरेका छन्।
नयाँ पार्टी खोल्नेहरूलाई ‘तालतालका सनक सिंह’को संज्ञा दिँदै लेखक संग्रौलाले मंगलबार सामाजिक सञ्जालमार्फत वामदेव गौतमविरुद्ध कटाक्ष गरेका हुन्।
‘तालतालका सनक सिंहहरूले पार्टी खोलेर पार्टी नामक संस्थाकै हुर्मत लिएको सुनिनसक्नु, हेरिनसक्नु र भनिनसक्नु भाथ्यो’, संग्रौलाले लेखेका छन्, ‘अब वामदेव नामक सदैव हरुवा बाहुबलीले पार्टी खोलेर यी सबै सनक सिंहको माथ गर्ने भए। हरे, ओलीकृत ठोरीका वृद्ध एवं अशक्त राम!’



कागजपत्र |
