राजस्व भनेकाे देशको रगत-पसिना हो : अर्थमन्त्री शर्मा


काठमाडाैैँ – अर्थमन्त्री जनार्दन शर्माले राजस्व देशको रगत–पसिना भएकाले त्यसलाई बगेर जान नदिने बताएका छन्।  ​केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई मंगलबार भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजस्व चुहावटलाई  टुलुटुलु हेरेर बस्न नसकिने बताएका हुन्।

‘राजस्व देशको रगत–पसिना हो, यो बगेर गएको टुलुटुलु हेरेर बस्न सकिँदैन,’ अर्थमन्त्री शर्माले भने,  ‘राजस्व चुहावटलाई नियन्त्रण गर्न आजैदेखि सुरु गर्नुपर्छ।’ यसका लागि आवश्यक बजेट तथा अन्य व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने उनको भनाई थियो।

राजस्व चुहावट नियन्त्रण गर्न ‘अपरेशन’ आवश्यक पर्ने उनले बताए। ‘राजस्व चुहावट नियन्त्रणको लागि गृह मन्त्रालय र प्रहरी प्रशासनले विशेष रुपमा काम गर्नुपर्छ,’ अर्थमन्त्री शर्माले भने, ‘चुहावट गर्नेविरुद्ध अपरेशनका लागि विशेष टोली वा ‘टास्क फोर्स’ बनाउनु जरुरी छ।’

प्रतिक्रिया