
‘प्रचण्ड र देउवाले अमेरिकालाई पठाएको संयुक्त चिठ्ठीमा गरेको वाचा के रहेछ?’
काठमाडाैँ – अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन नेपाल कम्प्याक्ट (एमसीसी) का विषयमा अहिले नेपाली राजनीतिक वृत्त बहसमा छ। भिन्न दलका नेताले यसबारे सामाजिक सञ्जालमा पनि व्यापक मात्रामा चर्चारपरिचर्चा तथा वादविवाद गरिरहेका छन्।
यही सिलसिलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पनि एउटा प्रश्नसहित नेकपा माओवादी केन्द्रप्रति कटाक्ष गरेका छन्।
‘माओवादी अध्यक्ष पुष्पकमल दहाल र प्रम देउवाले सेप्टेम्बर ३ मा एमसीसीबारे अमेरिकालाई पठाएको संयुक्त चिठ्ठीमा गरेको वाचा बन्धन के रहेछरु पुष्पकमल र प्रचण्ड त एउटै मान्छेको नाम हैन र भन्या’, बाँस्कोटाले व्यंग्य गरेका छन्, ‘दुःख छ हो माओवादीका लिपपोतवाला कार्यकर्तालाई पनि!!’



कागजपत्र |
