एमालेले गर्‍यो सामाजिक सेवा केन्द्र स्थापना


काठमाडाैं – नेकपा एमालेले परोपकारी काम गर्ने उद्देश्यले सामाजिक सेवा केन्द्र स्थापना गरेको छ । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा गरेका छन् ।

प्राकृतिक विपत्ति र विभिन्न सामाजिक समस्यामा परेका मानिसहरूलाई सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सेवा केन्द्र स्थापना गरिएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए ।

‘मानवसेवाको उद्देश्यले परोपकारी काम गर्नको लागि सामाजिक सेवा केन्द्रको स्थापना गरिएको हो । मानवीय आधार, औचित्य र आवश्यकताको आधारमा सेवा केन्द्रले सेवा दिन्छ । पार्टीको सदस्यता हेरेर सेवा दिने होइन,’ ओलीले भने ।

बाढी, पहिरो, आगलागी पीडितलाई सामाजिक सेवा केन्द्रको तर्फबाट सम्बोधन गर्ने कोसिस गर्ने ओलीले बताए । सामाजिक सेवा केन्द्रले गरेको कामको पारदर्शी विवरण हरेक वर्ष सार्वजनिक गर्ने घोषणा पनि ओलीले गरेका छन् ।

अर्को वर्षको चैत्र २० गते के–के काम गर्‍यौ भन्ने सार्वजनिक गर्ने उनले बताए । सामाजिक सेवा केन्द्रको संयोजक व्यवसायी एवं एमालेका नेता मोती दुगड तोकिएका छन् ।

प्रतिक्रिया