राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित


काठमाडौं – राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजे बस्ने भनिएको संघीय संसद्‚ राष्ट्रिय सभाको बैठक स्थगित भएको संघीय संसद्‌का महासचिव भरतराज गौतमले जानकारी दिए ।

विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकिएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए ।

यसअघि माघ ३ गतेको बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने भएपछि स्थगित गरिएको सूचना जारी गरिएको थियो ।

प्रतिक्रिया