वैद्य माओवादीले २१ माघमा देशैभर प्रदर्शन गर्ने


काठमाडौं – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एमसीसी र भारतविरुद्धमा देशभर प्रदर्शन गर्ने भएको छ ।

क्रान्तिकारी माओवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले माघ २१ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको पक्षमा देशभर प्रदर्शन गर्न लागेको माओवादी अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘राष्ट्रियताको रक्षाको लागि संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्नुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया