प्रचण्ड–नेपाललाई कानुन व्यावसायीले भने– विघटन असंवैधानिक छ, मान्न आवश्यक छैन


काठमाडौं– कानुन व्यावसायीले राष्ट्रपति विद्या भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको घोषणा असंवैधानि भएकाले मान्न आवश्यक नरहेको सुझाव नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतलाई दिएका छन्।

सोमबार भएको छलफलका क्रममा यस्तो सुझाव दिइएको हो। शम्भु थापा, टिकाराम भट्टराई, युवराज संग्रौला, रामनारायण विडारीलगायतले यस्तो सुझाव दिएका थिए। ४ बजेका लागि नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकपछि यस विषयमा निर्णयमा पुग्ने प्रचण्ड–नेपालले बताएका छन्।

प्रतिक्रिया