बादल भेट्न प्रचण्ड पुगे मन्त्रीक्वार्टर


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गर्न मन्त्रीनिवास पुल्चोक पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न अध्यक्ष प्रचण्ड पुल्चोक पुगेका हुन्। पूर्वमाओवादीको कोटाबाट मन्त्री बनेका बादल पछिल्लो समय प्रधानमन्त्री ओली निकट मानिँदै आएका छन्।

यसैअघि संसद विघटनका सम्बन्धमा रामबहादुर थापाले आफ्नो समूहसँग पनि छलफल गरिसकेका छन् । छलफलमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ स्थायी समिति सदस्य पम्फा भुसाललगायतका नेता सहभागी थिए।

छलफलमा गृहमन्त्रीसमेत रहेका बादलले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसँगको परामर्शपछि मात्र कित्ता क्लियर गर्ने बताएका छन्।

प्रतिक्रिया