

आउँदो चुनावपछि प्रचण्डको हैसियत थाहा हुन्छः नेता बस्नेत

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कार्यकारी अध्यक्ष प्रचण्डलाई आगामी निर्वाचनमा नेकपाका कार्यकर्ता तथा जनताले धोती लगाएर विदा गर्ने चेतावनी दिएका छन् ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुसाशनको कारवाही गर्ने विज्ञप्ती जारी गरेसँगै पूर्वमन्त्री बस्नेतले लोभी पापीको आड लिएर घरको ढुकुटी चोरेर कब्जा गर्न खोज्दा सावधानी अपनाउने घरमुलीलाई नै घरबाट निकाल्ने जस्तो नौंटंकी प्रचण्ड गुटको षड्यन्त्र रहेको बताए ।
केपी ओलीले कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० वर्ष पछि मात्र सदस्यता प्रचण्डले लिएको उल्लेख गर्दै उनले आगामी निर्वाचनपछि प्रचण्डको हैसियत आम नेपाली जनताले प्रष्ट रुपमा देख्ने चेतावनी दिए । कारवाही गर्ने प्रचण्डले अबका दिनको यात्रालाई बुझ्दै जान चेतावनी दिँदै उनले कारवाही प्रधानमन्त्री तथा पार्टीका अध्यक्षले प्रचण्डलाई गर्ने कि प्रचण्डले गर्ने समयले तत्काल बताउने चेतावनी दिए ।

