
जिल्ला अस्पतालका कार्यालय सहयोगी मृत भेटिए
काठमाडाैँ – डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन्। दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत भेटिएको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए।
उनका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा शुक्रबार मृतावस्थामा फेला परेका हुन्। उनी जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि आएका शव चिरफारको काम गर्थे। आफन्तहरू अहिलेसम्म नपुगेकाले कोलीको शव जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ।



कागजपत्र |
