न्याय सेवा आयोगको निर्णय : ७ उपसचिव सहसचिव र १६ अधिकृत उपसचिवमा बढुवा


काठमाडौँ – न्याय सेवा आयोगको बैठकले ७ उपसचिवलाई सहसचिव र १६ अधिकृतलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा शुक्रबार बसेको बैठकले न्याय समूहतर्फ सहसचिवमा भुवन गिरी, जगदीशप्रसाद भट्ट, सरकारी वकिल समूहमा हिमालयकुमार त्रिताल, यदुनाथ शर्मा, कोषहरि निरौला र कृष्णराज पन्त त्यस्तै कानुन समूहतर्फ शम्भुराज रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको न्याय परिषद्का सचिव मानबहादुर कार्कीले जानकारी दिए।

बैठकले उपसचिवमा न्याय समूह हरिप्रसाद रेग्मी, सदन अधिकारी, निरज पोखरेल र कृष्णप्रसाद अधिकारी, कानुन समूहबाट उत्तमप्रसाद खरेल, सरकारी वकिल समूहबाट उत्तम श्रेष्ठ, जनकप्रसाद घिमिरे र धर्मराज जोशीलाई उपसचिव बढुवा गर्ने निर्णय गरेको छ।

यस्तै, न्याय समूहबाट भेषराज पौडेल, चेतराज पन्त, भेषराज कोइराला र विमल रेग्मीको बढुवा गर्ने निर्णय गरेको छ भने कानुन समूहबाट खिमानन्द ज्ञवाली, सरकारी वकिलबाट टेकराज अधिकारी, बद्रीकुमार कार्की र सन्तोषराज कटुवाल बढुवा भएको प्रवक्ता कार्कीले जानकारी दिए। बैठकमा जिल्ला न्यायाधीशको नजिता सार्वजनिक गर्ने विषय भने प्रवेश नै नभएको जनाइएको छ।

प्रतिक्रिया