राप्ती राजमार्ग दैनिक ७ घण्टा बन्द हुने


काठमाडौँ – राप्ती राजमार्ग दैनिक ७ घण्टा बन्द हुने भएको छ। आइतबारदेखि दैनिक ७ घण्टा यातायात बन्द गरेर सडक मर्मत गर्न लागिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ।

राप्ती राजमार्गअन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको सडक फराकिलो पार्नको लागि भोलि आइतबारदेखि माघ २५ गतेसम्म दैनिक ७ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालयका निमित्त प्रमुख इन्जिनियर रिकेश महर्जनले जानकारी दिए।

महर्जनका अनुसार दैनिक बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन बन्द गरी काम हुने छ। तर यस अवधिमा एम्बुलेन्सहित अत्यावश्यक एकतर्फी हलुका सवारी साधनका लागि पैयाँखोर–कपुरकोट डाइभर्सन सडक प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ।

 

प्रतिक्रिया