महोत्तरीबाट १६० किलो गाँजा बरामद


वीरगन्ज – सशस्त्र प्रहरीले महोत्तरीबाट १६० किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी र बोर्डर आउट पोस्ट जलेश्वरबाट खटिएको टोलीले बिहीबार राति महोत्तरी गाउँपालिका-४ रानी रतवाडाबाट गाँजा बरामद गरेको हो ।

स्थानीय गणेश चौधरीको कुखुरा फर्म पछाडि रहेको परालको टौवामा लुकाएर राखिएको अवस्थामा १६ वटा पोकामा १६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश ठाडामगरले जानकारी दिए ।

बरामद गरिएको गाँजा आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाउने उनले बताए ।

प्रतिक्रिया