

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

झापा – झापामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका–२ हजरियाका ३८ वर्षीय गंगा मगरलाई प्रहरीले पक्राउ गरेको हो।
मगरले ती बालिकालाई बलात्कार गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

