गोलाप्रथाबाट कांग्रेस उम्मेदवार बस्नेत राष्ट्रियसभा सदस्य निर्वाचित


विराटनगर – राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा भएको निर्वाचनमा गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र नेकपा एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएपछि गोलाप्रथा गरिएको थियो । दुवैले ४ हजार ४८८ मत पाएका थिए ।

प्रतिक्रिया