७ मन्त्रीले दिए राजीनामा, थापा र भट्टले दिएनन्


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा रहेका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर राय यादव, बन मन्त्री शक्ति बस्नेत र खानेपानी मन्त्री बिना मगरले राजीनामा दिएका हुन्।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यसमा असहमति जनाउँदै मन्त्रीहरूले राजीनामा दिएका हुन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल खेमाका मानिएका मन्त्रीहरूले राजीनामा दिएका हुन्।

पूर्वमाओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र लेखराज भट्टले राजीनामा दिएका छैनन् भने ओलीनजिक ठानिएका मन्त्रीले पनि राजीनामा दिएका छैनन्।

प्रतिक्रिया