

प्रधानमन्त्रीको कदम गलत छः बामदेव गौतम

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विषयमा नेकपा उपाध्यक्ष बामदेव गौतमले प्रतिक्रिया दिएका छन्।
उनले राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरी संसद भंग गर्नु गलत कदम भएको बताए। यो प्रकरणले अस्थिरता बढाउने गौतमको ठहर छ।

